गाईजात्रा पर्व दमकमा यसरी मनाईदै

दमक / भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी सम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ झापाको दमकमा पनि मनाइएको छ ।
आजको दिन एक बर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गरिने पमपरा अनुसार दमक नगर परिक्रमा गराइएको होे । दमक ७ स्थीत राधाकृष्ण मन्दिरबाट शुरु भएको गाइजात्रा र्याली हनुमान मन्दिर, थाना रोड भएर गणत्रत चोक हुदै पुन राधाकृष्ण मन्दिरमा गएर गाइजात्र र्याली टुङ्गीएको थियो । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिए अनुसार गाईजात्रा मनाउन थालीएको झिंगु समाज दमकका अध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
बिक्रम सम्बत १७ सय ७५ देखि शुरु भएको गाइजात्रा यो ३ सय १ औ हो । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भएपनि काठमाण्डौ उपत्यकामा भने यसको विशेष रौनक देख्न सकिन्छ । गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, धनकुटा, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाउने गरिन्छ ।

Facebook Comments Box

                     

अरुपनि