प्रदेश सांसद दर्लामी द्वारा मंगलबारे बजारमा पार्किङ टालीको उद्घाटन

धरमपुर / प्रदेशसभा सदस्य सांसद झलकसिंह दर्लामीले लामो समय अवरुद्ध भएको बिकास निर्माणका कार्यंलाई तिनै तहको सरकारको पहल कदमीबाट नयाँ ढंगबाट तीब्र गतिले अघि बड्ने बताए ।

आज (मंगलबार) शिसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा आयोजित कुषि उपज तथा पार्किङ टालीको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो । सांसद दर्लामीले प्रदेश सरकारको तर्फबाट शिक्षा, खानेपानी, स्वास्थ्य, सुरक्षा लगातका क्षेत्रमा बजेट बिनियोजन भएकोले यस नगरलाई समृद्ध नगर बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो । संघिय सरकारबाट हुने हरेक बिकासका कामहरु स्थानीय सरकार र प्रदेश सरकारबाट हुने भएकोले नागरिकहरुले अपेक्षा गरे अनुरुप बिकासले गति लिने सांसद दर्लामीले बताए ।

लामो समयको रिक्ततापछि जनाप्रतिनिधिहरु निर्बाचित भएसंगै पूर्बाधार बिकासले गति लिएको सांसद दर्लामीको भनाई रहेको थियो । नगरकै पुरानो र पछिल्लो समय व्यवसायीक दृष्ट्रिकोणले तीब्र गतिमा विकास भइरहेको मंगलबारे बजारलाई ब्यबस्थित गर्नका लागी बजार क्षेत्रमा पार्किङ टायल लगाइएको हो ।

प्रदेश निर्बाचन क्षेत्र पुर्बधार बिकासबाट रु २० लाख, शिबसताक्षी नगरपालीकाबाट रु ३ लाख र स्थानीय उपभोत्ता (जनसहभागिता) बाट रु १ लाख २५ हजार गरि जम्मा रु २४ लाख २५ हजारको लागतमा निर्माण सम्पन्न गरिएको मंगलबारे बजार ब्यबस्थापन समितिका अध्यक्ष भीम नेम्बाङ (ठुट्टा) ले बताए ।

सोही अवसरमा बजारमा विभिन्न जातका एक दर्जन विरुवाहरु रोपिएको छ । बजारलाई हरित नगर बनाउदै स्वच्छ र सफा बजारको रुपमा विकास गर्न वृक्षारोपण गरिएको हो । प्रदेश सांसद एबम् कार्यक्रमका प्रमुख अतिथि दर्लामी सहित बजार व्यस्थापन समितिका अध्यक्ष भीम नेम्बाङ लगायतले बजारको पाकिङ टायलमा विरुवाहरु रोपिएको थियो ।

त्यस्तैं, मंगलबारे बजारको पशु बधशालाको भवन समेत निर्माण गरिएको छ । पशु बधशालालाई स्वच्छ, सफा र आर्कषक बनाउने उदेश्यसहित मंगलबारे बजार व्यवस्थापन समितिले एक तले दुई कोठे भवन निर्माण गरेको हो ।

२०३४ सालबाट मंगलबारको दिन साप्ताहीक हाट लाग्दै आएको यस बजारमा ब्यापारी र उपभोक्ताहरुले बिभिन्न समस्याहरु झेल्दै आएको थिए । तर, बजार क्षेत्रमा पार्कीङ लकिङ टायल्स लगाएर ब्यबस्थीत गरिएसंगै बजारको आकर्षण समेत बढेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर अध्यक्ष महेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगर प्रमुख, उपप्रमुख र स्थानीय जनप्रतिनिधि, नेकपाका नगर कमिटि सदस्यहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि