प्रदेश १ मा कृषिमा ७४ कराेड बढि अनुदान

विराटनगर / गत आर्थिक वर्षमा प्रदेश १ मा सरकारले ७४ करोड रुपैयाँभन्दा बढी कृषि क्षेत् अनुदान वितरण गरेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कृषि तथा पशुजन्य बस्तुको उत्पादन, प्रशोधन तथा बजारीरकणमा सहयोग पु-याउने उद्देश्यले कृषि तथा पशुपालनको क्षेत्रमा आव ०७५/७६ मा ७४ करोड ३८ लाख ६३ हजार रुपैयाँ अनुदान वितरण गरिएको हो।

अनुदान रकम प्रदेशका किसान, कृषि सहकारी संस्था तथा व्यवसायीलाई व्यक्तिगत तथा संस्थागत रुपमा वितरण गरिएको कृषि मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार प्रदेश मन्त्रालय, निर्देशनालय र ज्ञान केन्द्रबाट प्रत्यक्ष रुपमा ७४ करोड रुपैयाँ वितरण गरिए पनि अप्रत्यक्ष अनुदानमार्फत थप १० करोड हाराहारीमा रकम वितरण भएको छ। ‘मन्त्रालयले डाइरेक्ट अनुदानबापत मात्रै ७४ करोड ३८ लाख रुपैया“ वितरण भएको हो।

Facebook Comments Box

                     

अरुपनि