सर्वजनिक यातायात महासंघ प्रदेश १ मा अधिकारी

दमक / बिगत लामाे समय देखि दमक बाट यातायात ब्यावसायी गर्दै अाएका महेन्द्रप्रसाद अधिकारी सार्वजनिक यातायात महासंघ १ नम्बर प्रदेश समितिको अध्यक्षमा
चयन भएका छन् ।

इटहरीमा शनिबार सम्पन्न यातायात व्यवसायीहरुको प्रदेशस्तरिय भेलाले अधिकारीको अध्यक्षतामा १८ सदस्यीय महासंघको प्रदेश समिति गठन गरिएको हो ।

सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा मनोज प्रधान ,उपाध्यक्षहरुमा होम खड्का ,टंक आचार्य ,सचिवमा रमेश खत्री र कोषाध्यक्षमा धनकुमार तामाङ्ग चुनिएका छन् ।

साे भेलामा प्रदेश सभाकी उपाध्यक्ष सरस्वती पोख्रेलको प्रमुख आतिथ्यता रहेकाे थियाे भने महासंघका केन्द्रीय अध्यक्ष होमप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

कार्यक्रममा सहभागि वक्ताहरुले सार्वजनिक यातायातका क्षेत्रमा देखिएको समस्या र व्यवसायी एकताको महत्व माथि चर्चा परिचर्चा गरेका थिए ।

Facebook Comments Box

                     

अरुपनि