दमकमा झगडा हुदा १ काे मृत्युु २ घाईते

दमक । झापाको दमकमा युवाहरुको दुइ समुहबीच कुटाकुट हु“दा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दमक २ का १८ वर्षिय बिक्रम लिम्बु रहेको प्रहरीले जानकारी दिएको छ । आज दिउसो दमक १ संगम चौक नजिकै दुइ वटा समुह बिच विवाद हुदा धारिलो हतियार प्रहारका कारण लिम्बु गम्भीर घाइते भएका थिए । उनको दमक स्थित लाइफ लाइन अस्पताल उपचारका लागि लैजादै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घाइते हुनेहरुमा दमक ३ का १८ वर्षिय सरोज भुजेल र दमक २ का १८ वर्षिय सुजन भुजेल रहेका छन् । घाइते मध्ये सरोजको अवस्था गम्भीर रहेकाले विर्तामोड स्थित बिएण्डसि अस्पताल रेफर गरीएको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि