रोटरी क्लव अफ दमकको अध्यक्षकाे कार्यभार समाल्दै सन्दिप (दीपु) चापागाई

दमक, /दमक रोटरी क्लव अफ दमकको अध्यकाे नेतृत्व पाएसंगै कार्यभार पाए पछि सन्दिप चापागाई (दीपु) ले अाफ्नाे  कार्यभार सम्हाल्न सुरु गरेका छन् ।

रोटरी क्लव अफ दमकको अध्यक्षको जिम्मेवारी असार १६ गते सोमबारका दिनदेखि चापागाई (दीपु) ले अाफ्नाे जिम्मेवारी निभाउन थालेका छन् पाएका हुन् ।

मोहन ढकालको कार्यकाल सकिएसंगै सामाजिक तथा ब्यवसायीक क्षेत्रमा दमकमा व्यवसाय र सामाजिक क्षेत्रमा स्थापित गर्दै गरेका चापागाई (दीपु) ले कार्यभार समाल्न शुरु गरेका हुन् ।

सामुदायिक विद्यालयका विद्यार्थीहरुको पठन–पाठनमा सहजता ल्याउनका लागि आवश्यक पर्ने बिभिन्न प्रकारका सहयोग, विद्यालयमा शुद्ध खानेपानीको ब्यवस्थापन लगायत समाजमा दिनदुखिको सेवा गर्ने कार्य आफ्नो प्राथमिकतामा रहने चापागाइ (दीपु) ले जनाएका छन् ।

Facebook Comments Box

                     

अरुपनि