लेटाङ्गमा २१ बर्षीया युवाले गरे अफ्नै लिङ्ग छेदन

लेटाङ्ग / माेरङकाे लेटाङ्ग वडा नम्बर ३ निवासी
२१ वर्षे युवकले अाज आफ्नै लिङ्ग छेदन गर्दा सख्त घाईते भएका छन् ।

आज दिउँसो अन्दाजी दुई बजे लेटाङ्ग तीन निवासी सुनिल राईले धारिलो हतियार प्रयोग गरी आफ्नै लिङ्गको झण्डै आधा भन्दा बडि भाग छेदन गरेको घाईते राईका साला टेक बहादुर तामाङ्गले बताएका छन् ।
तामाङ्गका अनुसार घाईते राई विगत लामो समय देखि स्थानिय त्रिशुलि चौक स्थित ससुराली घरमै बस्दै अाएका थिए । राई केही समय अघि सम्म जण्डिस का विमारी भए पनि बडि रक्सी पिउने , घरमा श्रीमती सँग कहिले काहीँ सानो तिनो झगडा गरीरहने गर्दथे । कहिले काहीँ एकोहोरिने साथै अलिक असामाजिक व्यवाहार पनि गर्ने गरेको ले चिकित्सक लाई देखाउदा पनि उसको व्यवहार कुनै रोग नभएर जिद्दीपना मात्र भएको बताएको साला तामाङ्गले बताए ।

अन्दाजी तीन वर्षका एक छोराका बाबु राई झण्डै चार वर्ष अघि मात्र स्थानिय चण्डिका तामाङ्ग सँग विवाह वन्धनमा बाँधिएका हुन । केही समय अघि सम्म सानो तिनो कच्कच् बाहेक केही भएको थाहा नभए ता पनि गए राती भने रातको समयमा स्थानिय खेरुवा गाउँमा विभिन्न असामाजिक गतिविधि गर्दै हिडेको थाहा पाएर खोजि गर्दै जाँदा एउटा रुखमा चढेर कराउँदै गरेको अवस्थामा भेटेर रात को अन्दाजी दुई बजे तिर राईलाई घर ल्याएको थियो ।

विहान भरी समान्य रुपमा अाफ्नै घरमा बसेका राई लाई आज दिउँसो अचानक वाथरुममा वेहोस अवस्थामा अाफन्तले फेला पारेको उनकी वहिनिले वताएकी छन् । बहिनी सविनाको अनुसार वाथरुममा धाद्राक धुद्रुक को अावाज आए को थाहा पाएर अाफन्तले हेर्दा रगताम्मे अवस्थामा देखे पछि सोधिखोजि गर्दा अाफुले आफ्नो लिङ्ग छेदन गरेको र सो लिङ्ग कोठाको टेवलमा राखेको वताए पछि मात्र सबै चकित परेको हो ।

छेदनको सम्बन्धमा भने केही नवताएको जनाईएकाे छ । वाल्यकाल मै विवाह गरेको श्रीमान श्रीमती विचको द्वन्दकै कारण यस्तो भएको हुन सक्ने पारिवारक श्रोतको भनाई रहेको वताईएको छ । साथै अधिक मादक पदार्थ सेवन बाट भएको मानसिक असन्तुलन कारण पनि यस्तो अवस्था आएको हुन सक्ने अनुमान स्थानियको रहेको छ ।
अहिले घाइतेको वि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भैरहेको पारिवारीक श्रोतले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि