एसइइमा वुद्धस्मिृतिको उत्कृष्ट जिपीए सहित सतप्रतिशत नतिजा

विर्तामोड /झापाकाे विर्तामोडमा रहेकाे वुद्धस्मृति अंग्रजी माध्यमिक विद्यालयले शैक्षीक सत्र २०७५ मा लिइएको एसइइ परिक्षामा उत्कृष्ट जिपीए सहित सतप्रतिसत नतिजा निकाल्न सफल भएको छ । बिहीवार प्रकाशित नतिजा अनुसार यस विद्यालयले ३ दशमलव ८५ जीपीए सहित सबै विद्यार्थी उत्रिण गराएको हो । बिगत देखी नै निरन्तर उत्कृष्ट नतिजा निकालीरहेको यस विद्यालयले यस पटक पनि उत्कृष्टतालाइ निरन्तरता दिन सफल भएको छ ।
प्राप्त नतिजा अनुसार परिक्षामा सामेल भएका मध्ये ए प्लस ५ जना , ए ७ जना , वि प्लस २६ जना र सी प्लस १३ जना सहित सबै विद्यार्थी उत्रिण भएको विद्यालयका संस्थापक प्रिन्सिपल हरिकृष्ण पाठकले जानकारी दिए । प्राप्त नतिजा अनुसार त्यस विद्यालयकी छात्रा प्रियंका सेलिङले ३ दशमलव ८५ जिपिए ल्याएर विद्यालय प्रथम भएकी छन् । विद्यालयले प्राप्तगरेको नतिजा प्रति खु’शी ब्यक्त गर्दै संस्थापक पाठकले  यो नतिजामा पुर्याउन मेहेनत गर्ने सम्पुर्ण विद्यार्थी , विद्यालय परीवार , अभिभाबक सबैमा हार्दिक आभार प्रकट गरेका छन् । साथै पाठकले सम्पुर्ण विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै आगामी दिनमा अझै मेहेनत गर्दै अघि बढ्ने योजना रहेको बताएका छन् ।

Facebook Comments Box

                     

अरुपनि