मेयरले गरे ३० लाख रुपैयाँ नलिने घोषणा

बिर्तामोड / बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् ।

बालक लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा बिर्तामोडमा भएको हिंसात्मक आन्दोलनका क्रममा मेयरको घर र सवारीमा तोडफोड भएको थियो । तोडफोडका क्रममा भएको क्षति छानबिन गरेर सरकारले मेयर शिवाकोटीलाई ३० लाख दिने निर्णय गरेको थियो ।

मेयर शिवाकोटीले भने–’मलाई यो केही जानकारी छैन, सरकारले दिन्छ भने म लिन्न । मैले यसरी रकम लिन मिल्दैन ।’ मेरो क्षति धेरै भएको छ, शिवाकोटीले भने–’तीन महिना अघि निर्णय भएको रहेछ । लिने भए म निर्णय भएको दुई दिनमै लिने थिए ।न

गरपालिकामा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो जीवनमा चोट पुगेको भन्दै न्याय दिन आग्रह गरेका छन् । आन्दोलन सम्झिदै मेयरले भने, त्यो बेला मलाई मार्ने योजना रहेछ ।

Facebook Comments Box

                     

अरुपनि