मेयर चौधरीले एक महिनाको बीचमा ३ पटक माफी मागे

ईटहरी / इटहरीका मेयर द्वारिकलाल चौधरीले एक महिनाको बीचमा ३ पटक माफी मागेका छन । उनले बिहिबार बिज्ञप्ती जारी गरी फेरी माफी मागेका हुन । उनले महिला दिदीबहिनीसँग माफी मागेका हुन् । बुधबार इटहरीको एक कार्यक्रममा बोलेको आपत्तिजनक भनाइप्रति दुःख ब्यक्त गर्दै उनले क्षमायाचना गरेका हुन् । प्रमुख चौधरीले विज्ञप्ती निकालेर त्यो कार्यक्रममा आफूले बोलेका केही शब्दहरुले तमाम नेपाली आमा दिदीबहिनीको भावनामा चोट परेकोमा दुःख ब्यक्त गर्दै क्षमायाचना गरेको जनाएका छन् ।

उनले इटहरीको समृद्धि र विकास महिला दिदीबहिनीको सहयोगबिना सम्भव नभएको बताएका छन् । मेयरले इटहरीको विकास र समृद्धिमा महिला दिदीबहिनीको महत्वपूर्ण साथ सहयोगका लागि आह्वान गरेका छन् । विज्ञप्तीमा इटहरी उपमहानगरपालिका इटहरीका बेथिति, कुरीति र भ्रष्टाचारविरुद्ध लडिरहेको जनाएका छन् ।

इटहरीमा मौलाउँदो यौनधन्दालाई नरोकी समुन्नत इटहरी निर्माणको परिकल्पना अधुरो रहने पनि उनले जिकिर गरेका छन् । उनले यसअघि २ पटक माफी मागिसकेका छन । पुर्बेली न्यूज बाट साभार

Facebook Comments Box

                     

अरुपनि