जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं / शनिबार राति जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । करिब ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको सीस्मो नेपालले जनाएको ।

भूकम्पबाट कुनै मानवीय र भौतिक क्षतिको विवरण भने नआएको तर धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि अस्ति जेठ ३१ गते राति बझागंमा केन्द्रबिन्दु बनाएर ४.० रेक्टरको भुकम्पको धक्का महशुस भएको थियो ।

Facebook Comments Box

                     

अरुपनि