विश्व वातावरण दिवस दमकमा यसरी मनाईदै

दमक/ आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस मनाउदै ।
सन् १९७३ जुन ५ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस विश्वभर मनाउन थालिएको हो ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महशूस गरी वर्षेनी विश्व वातावरण दिवस मनाउने गरिएको हो । यसैबीच विश्व वातारण दिवसको अवसर पारेर

आज दमक नगरपालिकाले दमकमा पनि वृक्षारोपण , जनचेतनामुलक कार्यक्रम आदी गर्दैछ । नगरपालिकाको वातावरण तथा सरसफाई समितिको आयोजनामा रतुवा खोला किनारको खाली जमिनमा आज जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको सहभागितामा वृक्षारोपण गरिने नगरपालिकाको वातावरण तथा सरसफाई समितिका संयोजक समेत रहेका वडा नं. ६ का वडाअध्यक्ष टेकबहादुर थापाले जानकारी दिए ।

यसैबीच विश्व वातारण दिवसको अवसर पारेर यहाँका विद्यालयमा अध्ययनरत बालबालिकाहरुले पनि जनचेतनामुलक नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित र्याली निकालेका छन् ।

नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले यस वर्षको वातावरण दिवस सरसफाईको संस्कार वर्षका रुपमा लिईएकाे साथै सरसफाई तथा वातावरण संरक्षणका लागि नगरपालिकाले १७ बुँदे अपिल सार्वजनिक गरिसकेको बताइन् ।

अपिलमा नगरपालिकाले निर्माण सामाग्री त्रिपाल ओछ्याएर मात्र झार्न र सडकमा नराख्न आग्रह गरिएको छ । यस्तै सडकपेटी नमिच्न, फोहरको पसल तथा घरमै वर्गीकरण गर्न, हरियाली कायम गर्न समेत आग्रह गरिएको छ ।

Facebook Comments Box

                     

अरुपनि