झापामा नेपाली कांग्रेसकाे गाउँ/नगर निर्वाचनमा  कहाँ काे भए निर्वाचित ?

दमक / झापामा अाज नेपाली काङ्ग्रेस पार्टीको गाउँ नगर निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ ।

दमकको नगर समितिको पदाधिकारीहरुको मत परिणाम मिश्रित आएको छ । प्रकाश प्रसाइँको नेतृत्वमा निर्वाचित नगर समितिको उपसभापतिमा प्रसाइँ प्यानलका युवराज खनाल र पर्शुराम रिजाल नेतृत्वको प्यानलका उम्मेदवार प्रेम भट्टराई निर्वाचित भएका छन भने सचिवमा रिजाल नेतृत्वको प्यानलका रामचन्द्र अधिकारी र रोशन विष्ट नेतृत्वको प्यानलका दिपेश दाहाल निर्वाचित भएका छन ।

त्यसैगरी सहसचिवमा प्रसाइँको प्यानलका मणिकुमार लिम्बु र रिजाल प्यानलकी रमुना पौडेल चापागाइँ विजयी भएका छन ।
प्रसाइँले १७६ मत ल्याएर विजयी भएका हुन उनका निटकतम प्रतिद्धन्दी रिजालले ९९ मत पाएका छन । विष्टले ४५ मत पाएका छन ।

उपसभापतिमा प्रेम भट्टराई १३६ र युवराज खनाल (सागर) १३२ मत ल्याएर विजयी भए । सचिवमा रामचन्द्र अधिकारी १४५ र दिपेश दाहाल १३४ मत ल्याएर विजयी भए ।

सहसचिवमा मणिकुमार लिम्बु ११९ मत ल्याएर विजयी भए भने रमुना पौडेल चापागाइँले ११७ मत ल्याएर विजयी भएकी हुन ।

गौरादहमा यादवराज सेढाइँ २ मतान्तरले विजयी भएका छन । उनले १२२ मत पाएर विजयी भए भने प्रतिस्पर्धी गोपाल कोइरालाले १२० मत ल्याएका छन ।

उपसभापतिमा कुन्दन गिरी १७१ मत र मेघराज अधिकारी १६८ मत ल्याएर विजयी भए । सचिवमा माधब कोइराला १४१ मत र नेत्र खडकाले १०६ मत ल्याएर विजयी हासिल गरेका छन ।

सहसचिवमा उपेन्द्र ढुंगाना १७७ मत र ओम कुमार धमला १२० मत ल्याएर विजयी भएका छन ।

कमल गाउँ समितिको सभापतिका दुई जना प्रतिस्पर्धीले बराबरी मत प्राप्त गरेका छन । खगेन भण्डारी र बुद्धिराज न्यौपानेले ६५-६५ मत ल्याए भने अर्का प्रतिस्पर्धी प्रमोद दाहालले एक मत ल्याएका छन ।

त्यस्तै, ४ मत बदर भएको जनाइएको छ । त्यहाँ सभापतिका दुवै प्रत्यासीको बराबर मत आएपछि दुवै जनाबीच आधा आधा कार्यकाल आलोपालो सभापतिको जिम्मेवारी सम्हाल्ने निर्णय भएको छ ।

सहमति अनुसार अबको पहिलो चरणको कार्यकाल न्यौपानेले सम्हाल्ने छन भने दोश्रो चरणमा भण्डारीले कार्यभार सम्हाल्ने निधो भएको बताइएको छ ।

उपसभापतिमा पदम निरौला ८६ मत र केदर कटुवाल ७१ मत ल्याएर विजयी भएका छन भने सचिवमा दिनेश दाहाल ८८ र महेन्द्र बुढाथोकी ८३ मत ल्याएर विजयी भएका छन ।

सहसचिवमा सविता दाहाल कटुवाल ७० र दुर्गाप्रसाद पोखरेल ६९ मत ल्याएर विजयी भएका छन ।

गौरीगञ्जमा अघ्नु प्रसाद राजवंशी गाउँ समितिको सभापतिमा ७८ मत ल्याएर विजयी भएका छन उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र कार्कीले ३९ मत र अर्का प्रतिस्पर्धी कमलेश्व राजवंशीले ६ मत ल्याएका छन ।

उपसभापतिमा टिकनारायण राजवंशी र धिरज रिजाल, सचिवमा हरिलाल यादव र गोपाल प्रसाद ताजपुरिया तथा सहसचिवमा राजेन्द्रकुमार ताजपुरिया र भोला राजवंशी विजयी भएका छन ।

Facebook Comments Box

                     

अरुपनि