दमकमा सडक दुर्घटनामा परी होटल हेवनका संचालक बिष्ट दम्पत्तीको मृत्यु

दमक / झापाको दमकमा गए राति मोटरसाईकल दुर्घटनामा परि झापा सुरुङ्गाका हेवन होटलका संचालक विष्ट दम्पत्तीको घटना स्थलमै मृत्यु भएको छ ।

मंगलवार राति साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ बर्षिय पुर्णबहादुर बिष्ट (राज ) र उनकी श्रीमती ३६ बर्षिय हिमा विष्टको घटनास्थलमै मृत्यु भएको हो । उनीहरु सवार पश्चिमबाट पुर्वतर्फ जादै गरेकाे प्र २/०३/०१३ प ४७८७ नम्बरको माेटर साईकलाई विपरित दिशाबाट आउदै गरेकाे ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिएपछि सक्त घाईते भएका दम्पतीलाई उपचाका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ । विष्ट दम्पत्ती लामो समय देखि सुरुङ्गामा होटल हेवन संचालन गर्दै आएका थिए ।

Facebook Comments Box

                     

अरुपनि