दमकमा साेमबार बाट कडा निषेधाज्ञा : नियम उल्लंघन गरेमा कडा कार्वाही

दमक/ झापाको दमकमा सोमबार बाट कडा निषेधाज्ञा लगाउने दमक नगरपालिकामा आज सर्वपक्षिय निर्णय भएको छ ।

स्थानीय राजनीतिक दलहरुका प्रतिनिधि , दमक उद्योग बाणिज्य संघ र वित्तिय सरोकारवालाहरुसंग दमक नगरपालिकाले गरेको छलफलमा सहभागिहरुले विगतजस्तो फितलो र नाममात्रको निषेधाज्ञाको औचित्य नरहेको भन्दै कडा निषेधाज्ञा लगाउन माग गरेका थिए ।
लकडाउनलाई शत प्रतिशत समर्थन गर्ने जनाउदै नगरपालिकालाई कठोर भएर निषेधाज्ञा लगाउन सुझाव समेत दिएका थिए ।

कतिपय ब्यवसायीहरुले लकडाउनलाई कमाई खाने भाँडो बनाएको र यो मौकामा ब्रह्मलुट गरेको आरोप लाग्दै आएको भन्दै अब कसैले पनि निषेधाज्ञा अवज्ञा गर्ने अवस्था नल्याउन लाग्न उनिहरुले सुझाव दिए ।

निषेधाज्ञामा अत्यआवश्यकीय सेवा अन्र्तगत अस्पतालहरुको ओपिडि बन्द गरेर ईमरजेन्सि सेवामात्र, औषधि पसल, नगरपालिकाको दमकल सेवा र सूचना शाखामात्र सञ्चालनमा आउने जनाईएको छ । हिडडुलमा पनि पुर्ण प्रतिबन्ध लगाउने र अत्यआवश्यकीय भनेर जथाभावी हिड्ने कार्य पनि रोक्ने निर्णय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । सम्पूर्णं ब्यवसाय, उद्योगधन्दा एवं कारखाना, यातायात लगायत सबै प्रकारका पसलहरु एकसाताका लागि पुर्ण बन्द गरिने र अनुमति बेगर हिडडुल गर्ने, पसल तथा ब्यवसाय खोल्ने, सवारी साधन चलाउने तथा कुनै पनि प्रकारकाले निषेधाज्ञा पालना नगरेमा पक्राउ गरेर सोझै जिल्ला प्रशासन कार्यालय झापा पठाएर आवश्यक कार्वाही गराउने समेत नगर प्रमुख ओलीले जनाईएका छन् ।

सरकारी कार्यालय, बैक तथा सम्पूर्ण प्रकारका वित्तिय संस्थाहरु पनि पुर्ण रुपमा बन्द हुने जनाईएको छ । बाहिरबाट आउने सवारी साधन तथा ब्याक्तिहरुलाई पनि नगर प्रवेसमा कडाई गरिने गरी निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालय झापामा अनुरोध गर्ने ओलीले जनाए ।

Facebook Comments Box

                     

अरुपनि