करेन्ट लागेर राईकाे मृत्यु

झापा / इलामको सन्दकपुर–२ घर भई झापाको बिर्तामोड–१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ ।

अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुस्काउने क्रममा अचानक राईलाई करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि