लायन्सकर्मीहरुले ख्वाए सताक्षीधामका गाईलाई पोषिलो दाना

दमक।   सामाजिक कार्यमा सक्रिय रहेका दमक र लखनपुरका लायन्स क्लबका लायन्सकर्मीहरुको टोलीले आज गाईलाई पोषिलो दाना ख्वाएका छन् । उनीहरुले झापाको शिवसताक्षी स्थित सतासीधाममा रहेको गौशालाका गाईहरुलाई विभिन्न प्रकारका पोषिलो दाना खुवाएका हुन् ।

उनीहरुले एक कार्यक्रमको आयोजना गरी गाईलाई दाना ख्वाएका थिए । प्रमुख अतिथि ज्ञाननाथ पौडेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि जोन चियर पर्सन हेमसिंह अधिकारी, लायन्स क्लब अफ दमक लखनपुरका अध्यक्ष राजु खड्का, दमक एक्टिभकी अध्यक्ष कल्पना पोख्रेल, कमल प्रोफेशनलका फष्ट भिपी पुष्प पाठक कौशिक, दमक एक्टिभकी सचिव दिपा ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि