अाम्दा अस्पतालमा युवाहरु बाट निशुल्क भाेजन

दमक / दमकमा एक युवा समुहले अाम्दा अस्पतालमा रहेका बिरामी तथा कुरुवा हरुलाई निशुल्क खाना खुवाउने अभियान सञ्चालन गर्दै अाएका छन् ।

निषेधज्ञाका कारण दमकका होटलहरु बन्द भएपछि जेठ ८ गतेबाट दमक २ स्थित अाम्दा अस्पताल अासपासका युवाहरुले निशुल्क खाना खुवाउने अभियान सञ्चालन गर्दै अाएका छन् ।

२४ सै घण्टा संचालनमा अाउने अस्पताल अासपास रहेका हाेटलहरु मैना दिन अघिबाट ठप्प छन् बिरामीलाई तातोपानी समेत तताएर खुवाउने अवस्था नभएपछि स्थानीय क्षेत्रका युवाहरुले साे कार्य सञ्चालनमा ल्याएका हुन् ।

अस्पतालमा अाउने बिरामी र कुरुवाहरु भन्छन पैसा हुदासमेत किनेर खान नपाउने अवस्थामा स्थानीय युवाहरुकाे याे कार्यले अाफुहरुलाई ठुलाे राहत भएकाे बताउछन् ।

यस्ताे काेराेनाकाे महामारीमा मानिसहरु त्रासमा छन् तर याे समुह भने कुनै प्रवाह नगरी तिनै बिरामीहरुकाे सेवामा अहाेरात्र ब्यस्त देखिन्छन् ।

खाना व्यवस्थापनका लागि स्थानीय युवा तथा समाज सेवी गोपाल थापाको संयोजकत्वमा अभियान समन्वय समिति गठन गरि काम गर्दै अाएकाे र अभियानको मुख्य उद्देश्य अस्पतालमा आउने संक्रमित बिरामी र कुरुवाहरुका लागि स्वास्थ्य सावधानीका साथ बिहान, दिउँसो र राती समेत खाजा, खाना र तातोपानीको सेवा दिदै अाएका छन् ।

समुहकाे उद्धेश्य अरु केही होइन समस्यामा परेकालाई सेवा गरौं भन्ने मात्रै हो, यसमा अाफ्नाे जन्म दिन, बैवाहिक बर्षगाठाकाे उपलक्ष्यमा दाताहरुबाट केही सहयाेग प्राप्त भईरहेको संयाेजक थापा बताउछन् ।

Facebook Comments Box

                     

अरुपनि