इटहरीमा एक पुरुषको नग्न अवस्थामा  शव फेला

इटहरी /सुनसरीकाे इटहरी स्थित टेङ्ग्रा खोला छेउमा अाज एक पुरुषको शव फेला परेको छ ।

इटहरी उपमहानगरपालिका बाट पूर्वमा रहेको टेङ्ग्रा खोला नजिकै एक व्यक्तिको नग्न अवस्थामा शव फेला परेको छ ।

बिहीबार टेङ्ग्रा खोला पुल छेउमा एक पुरूषको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए ।

एक अपरिचित व्यक्तिको शव फेला परेको हो,शवको प्रकृति हेर्दा कुटपिटबाट मृत्यु भएको अनुमान गर्न सकिन्छ । पुरुषको कुटपिटबाट मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

अन्दाजी ३० वर्षका देखिने ती पुरुष सडक मानव रहेको प्रहरीले अनुमान गरेको छ । उनको पहिचान खुलेको छैन । प्रहरी अहिले घटनास्थलमै रहेर मुचुल्का उठाउने काम भइरहेको र घटनाको विषयमा थप अनुसन्धान सुरु गरेको डीएसपी केसीले बताए ।

Facebook Comments Box

                     

अरुपनि