मृगौला पिडित मन बहादुरका लागि सहयाेगी मनहरुकाे खाचाे

दमक,बैशाख २१/ मृगौला पिडित मन बहादुर दर्नाल विश्वकर्माको परिवारले उहाँको उपचारको लागि सहयोगको याचना गरेको छ ।
वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरीरहेका मनबहादुरको उपचारको लागि विश्वकर्मा परिवारले सहयोगको याचना गरेको हो । झापाको बुधवारे घर भइ रोजगारीको सिलसिलमा इलामको सुर्यदय नगरपालिका वडान १२ बस्दै आएका मन बहादुरको दुवै मृगौलामा खराबी भएको उहाँका आफन्त कमल विश्वकर्माले बताउनु भयो ।
वि.पी.कोइराला विज्ञान प्रतिष्ठान धरान ल्याएर उपचार गरी रहेको र अहिले सम्म १५ लाख रुपैयाँ बढी रकम खर्च भइसकेको विरामीको श्रीमती शोभा विश्वकर्माले बताउनु भयो । अलि–अलि भएको घरको जायजेथा पनि सकियो सहयोग माग्न पनि झन्झट लाग्दो बिभिन्न प्रकृया पुरा गर्नु पर्ने रहेछ शोभाले गुनासो गर्नु भयो । एउटा भएको १७ वर्षीय छोरो पनि पढन नगइ बुवाको उपचारमा बस्नु परेको आफन्त कमल विश्वकर्माले बताउनु भयो ।
विरामीको अझै उपचार सफल पार्न करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकहरुले सल्लाह दिएको विश्वकर्मा परिवारले जनाएको छ । प्राइम बिकास बैंक खाता नम्वर १०४०००२६१ तीनघरे इलाम शाखाको बैकमा सहयोग मनहरुले मनबहादुरलाई सहयोग गर्न सक्नु हुने छ ।

Facebook Comments Box

                     

अरुपनि