राष्ट्रिय युवा संघाकाे माक्स बितरण : काेभिटका बिरामीका लागि निशुल्क सवारीकाे सुबिधा

दमक /राष्ट्रिय युवा संघ नेपालले अाज दमकका सडकमा खटिएका सुरक्ष कर्मीहरुका लागि २ हजार पिस सर्जिकल माक्स हस्तान्तरण गरेकाे छ ।

विश्वभर फैलिएको काेराेना भाईरसकाे भयावह अवस्थाकाे न्युनिकरणका लागि सरकारले लगाएकाे निषेधाज्ञालाई कार्यनयन गर्न खटिएका सुरक्षा कर्मीहरुका लागि राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष केन्द्रीय सचिवालय सदस्य शम्भु भण्डारीले दमक ईलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी नवराज कार्की लाई सर्जिकल माक्स हस्तान्तरण गरेका छन् ।

यस महामारीकाे अवस्थामा काेराेना अर्थात कुनैपनि राेगले अस्पताल पुग्न नपाएर कसैले ज्यान गुमाउन नपराेस भन्ने उदेश्यले राष्ट्रिय युवा संघ नेपालले झापाका १५ वटै पालिकामा बिरामिका लागि निशुल्क १२ वटा सवारी संचालन गरिएको समेत संघका नेता भण्डारीले
बताए । सवारी काे निशुल्क सेवाका लागि नजिकैका राष्ट्रिय युवा संघका प्रतिनिधिहरु संघ सम्पर्क गर्न समेत अाग्रह गरेका छन ।

राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तारा गुरागाइ, नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य शुरज रिङ्गालुङ्, राष्ट्रिय युवा संघ दमक नगर उपाध्यक्ष डेन्जाेङ्ग शेर्पा, जनप्रतिनिधि समिन रिजालकाे उपस्थितिमा माक्स बितरण गरिएकाे संघका केन्द्रीय सदस्य तारा गुरागाईले जानकारी दिए ।

अाफुहरुले यस महामारीमा संचालनमा ल्याईने सवारीकाे पास माग्दा जिल्ला प्रशासनले कुनै चासाे नराखेकाे समेत राष्ट्रिय युवा संघकाे गुनासाे रहेकाे छ ।

Facebook Comments Box

                     

अरुपनि