अाज रातिबाट आन्तरिक र २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

काठमाडौं / सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा वैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते (अाज) मध्यरात देखि आन्तरिक उडान र आगामी २२ गते मध्यरात देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय गरेको छ ।

Facebook Comments Box

                     

अरुपनि