माओवादी केन्द्रद्धारा वाइसीएल गठनलाई तिब्रता, चौहानको अध्यक्षतामा २७ सदस्यीय गौरादह नगर कमिटी गठन

नेकपा माओवादी केन्द्रले योङ्ग कम्युनिष्ट लीग वाइसीएल गठनलाई तिब्रता दिएको छ । उसले आज मात्र झापाको गौरादहमा धर्म चौहानको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गर्नेगरि २७ सदस्यीय गौरादह नगर कमिटी गठन गरेको छ । युवा नेता बीरेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको भेलाले सो कमिटी गठन गरेको हो ।

कमिटी गठनपछि प्रमुख अतिथि बस्नेतले नेकपा सनक र रहरमा बनेको हैन नेपालका कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गर्ने ऐतिहासिक आवश्यकताका आधारमा भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले नेपालका इमान्दार कम्युनिस्टहरुलाई एउटै केन्द्रमा ल्याउने आभियानमा निरन्तर लागिने समेत बताउनु भयो। त्यस्तै उहाँले भन्नुभयो –केपी ओली विगठन तिर र हामी ध्रुवीकरण तर्फ छौं । कार्यक्रममा नेताहरु दुर्गा चौलागाईं , पुष्प ढकाल, हुकुम सिह नेपाली डण्डिराज घिमिरे , कुमार खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

                     

अरुपनि