रेलले किचेर झापाका बाबू छाेराकाे मृत्युु

विर्तामाेड / झापाकाे मेचीनगर ७ का एकै परिवारका बाबुछाेराकाे भारतमा रेलले किचेर मृत्यु भएकाे छ । मेचीनगर ७ गैरीगाँउका दुइजनाकाे भारतकाे पश्चिम बंगालकाे नक्सलबारीमा रेलले किचेर मृत्यु भएकाे भारतीय संचारमाध्यमले जनाएकाे छ । घटनामा परी अर्का एकजना घाइते भएका छन् । उनकाे चिन्ताजनक अवस्थामा उपचार भइरहेकाे ट्रेड युनियनका स्थानीय नेता गाेपाल शिवाकाेटीले जानकारी दिए ।

घटनामा परी अर्का एक महिला गम्भिर धाइते भएकी छन् । उनकाे भारतकै एक अस्पतालमा उपचार भइरहेकाे जनाइएकाे छ ।इलाका प्रहरी कार्यालय काँकडभिटाका डिएसपी महेश थापाले घटना भएकाे पुष्टी गरेका छन् ।

Facebook Comments Box

                     

अरुपनि