हाेटलमा बाँस बसेका युवा मृत अवस्थामा

दमक /झापाको दमकमा एक होटलमा एक ब्याक्तिले आत्महत्या गरेकाछन् । बिराटनगर घर भएका एमआर काम गर्ने २६ बर्षिय दिपु खतिवडा बिन्ध्वबासिनी होटलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बेलुका बास बसेका उनि अबेरसम्म नझरेपछि झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरिएको बताईएको छ । पंखामा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा देखेपछि प्रहरी पुगेर ढोका फोरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

भित्रबाट चुकुल लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले आत्महत्या नै भएको प्रहरीको भनाइ छ । खतिवडाको शव परिवारले जिम्मा बुझेर घर लगिसकेको बताईएको छ ।

Facebook Comments Box

                     

अरुपनि