झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते

शिवसताक्षीझापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २१ च ७९८४ नं को एम्बुलेन्स आफै अनियन्त्रत भई दुर्घट्ना भएको हो ।

एम्बुलेन्स चालक ललितपुर गोदावरी न.पा ७ बस्ने २० वर्षिय उत्सब घिमिरेको दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । एम्बुलेन्समा सवार अर्का सोही ठाउँका २० वर्षिय सन्तोष तामाङ गम्भीर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

उपचारका लागि लगिएका चालकको बाटोमा मृत्यु भएको हो । घटनास्थलको प्रकृति हेर्दा चालक निदाएका कारण एम्बुलेन्स अनियन्त्रित भएको हुन सक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।

Facebook Comments Box

                     

अरुपनि