नयाँ वर्षमा जीवन चक्रकाे सचेतना र शुभकामना

दमक / झापा दमकमा स्थापित समाजिक संस्था जीवन चक्र समाज नेपालले अाज दमक बस पार्कमा नयाँ वर्षकाे शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

कार्यक्रममा सवारी चालकहरुलाई यश वर्ष २०७८ साल दुर्घटना रहित बनाेस भन्दै सवारी साधन चलाउदा ध्यान दिन पर्ने कुराहरु सचेत गराउदै अबिर र फुलका गुच्छा साटासाट गरि नयाँ वर्षकाे शुभकामना अादान प्रदान गरिईकाे थियाे ।

कार्यक्रम जीवन चक्र समाज नेपालका पदाधिकारी यज्ञ प्रसाद अार्चायकाे अध्यक्ष्ातामा भएकाे थियाे । शुभकामना कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय दमकका प्रमुख नवराज कार्की ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटा ,सार्वजनिक यातायात राष्ट्रिय महासंघ प्रदेश नम्बर १का अध्यक्ष महेन्द्र अधिकारी, पुर्व डिएसपी जीवन श्रेष्ठ ,यातायात व्यवसायी गंगा सिटाैला, गणेश सर्जिकलका गणेश प्रधान ,एभरेस्ट सपिङ्ग सेन्टर दमकका प्राेपाइटर,व्यवसायी राेहित अाचार्य,राेटरी क्लबका पुर्व अध्यक्ष संदिप चापागाईं, इलाका ट्राफिक प्रहरीका दमकका प्रमुख दिलिप कुमार चाैधरी ,पत्रकार सुदिप अधिकारी, केदार पाैडेल लगायतको उपस्थिति रहेकाे थियाे ।

साे कार्यक्रम संस्थाका अध्यक्ष गणेश प्रसाद गाैतमले संचालन गर्नुभएकाे थियाे र कार्यक्रमका बारेमा सचिव बेनुराज प्रसाईले प्रकाश पार्नु भएकाे संस्थाका प्रवक्ता प्रदिपराज पाैडेलले जानकारी दिनु भयो ।

Facebook Comments Box

                     

अरुपनि