पहिलो पाईलाले गर्यो कृष्ण मन्दिर क्षेत्रको सरसफाई

दमक। सामाजिक कार्य गर्दै आएको पहिलो पाईला नेपाल दमकले दमक–४ स्थित कृष्ण मन्दिर क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्का सहितको टोलीले सो क्षेत्रको सफाईमा खरेटो सहित आफ्ना सदस्यहरु तथा अन्य समाजसेवीहरुलाई आमन्त्रण गरि सरसफाई गरेको हो ।

सो समुहले कृष्ण मन्दिर चोक तथा आसपासको क्षेत्रमा भएको फोहोर सफाई तथा सडक छेउका रुखका केहि हाँगा समेत काटेर सो क्षेत्र शुन्दर बनाएको छ । सरसफाई कार्यमा दमक रेडक्रसका सिद्धार्थ दाहाल, कृष्ण मन्दिर सरसफाई वातावरण संयोजक जसराज ढकाल, समाजसेवी सिता पोख्रेल, पहिलो पाईलाका उपाध्यक्षहरु सुरेश बराल, निशा घिमिरे, सचिव मेघनाथ फुयाल लगायतको उपस्थिति रहेको थियो । संस्थाले सो क्षेत्रको सुन्दरताका लागि दुइ ओटा गमला समेत राखेको छ । सो संस्थाले हरेक हप्ता दमक क्षेत्रको सरसफाई गर्दै आएको छ ।

Facebook Comments Box

                     

अरुपनि