सहयोगी हातले बनायो जेब्रा क्रस

दमक/ सामाजिक संस्था सहयोगी हात नेपालले आज दमकका दुई अस्पताल अगाडी जेब्रा क्रस बनाएको छ । पैदल यात्रीहरुलाई बाटो काट्न सहज होस भन्ने उदेश्यका साथ जेब्रा क्रस बनाएको संस्थाका अध्यक्ष छबिलाल बाँसकोटाले जानकारी दिनुभयो । जेब्रा क्रस दमक अस्पताल अगाडी र लाईफ लाईन अस्पताल अगाडी बनाइएको छ ।

सो क्रममा दमक नगरपालिका वडा नम्बर १ का अध्यक्ष ताराप्रसाद अधिकारी, वडा नम्बर २ का अध्यक्ष प्रजापति सापकोटा, संस्थाको बरिष्ठ उपाध्यक्ष रमा लिम्बु, उपाध्यक्ष भानुभक्त खतिवडा, महासचिव राजु खड्का लगायतको उपस्थिति रहेको थियो । संस्थाले अन्य क्षेत्रमा पनि जेब्रा क्रस बनाउँने अध्यक्ष बाँसकोटाले जानकारी दिनुभयो ।

Facebook Comments Box

                     

अरुपनि