विवादका बाबजुद सकियो राप्रपाको दमक नगर अधिवेशन, सुबेदी बने अध्यक्ष

विवादका बाबजुद राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको दमक नगर अधिवेशन सकिएको छ । अध्यक्षमा पुन्य संग्रौलाले पनि उमेद्धारी दिएपछि ससंकित बनेको राप्रपा नेतृत्वलाई हेमराज सुबेदीलाई अध्यक्ष बनाउन निकै मेहनत गर्नु पर्यो । लाग्थ्यो कि नेतृत्वले हेमराज बाहेकलाई नगर अध्यक्ष स्विकार गर्ने छैन् । किनकी नगर अध्यक्षका लागि हेमराज सुवेदी र संग्रौलाको उमेद्धारी परेको थियो ।
नेतृत्व र निर्वाचन समितिका संयोजकले मिल्न दुबै उमेद्धारलाई समय दियो । तर दुबै उमेद्धारले नाम फिर्ता नलिने बताएपछि निर्वाचनबाट नै अध्यक्ष छनोट हुने लग्भग निश्चित थियो । तर नेतृत्वले त्यसलाई स्विकार गरेन् । र संग्रौलालाई नाम फिर्ता लिन पटक पटक दबाब दिएको थियो । त्यस किसिमको दबाब एक पटकपनि सुबेदीलाई दिइएन् । जुन दृश्यले राप्रपाको नेतृत्वले नगर अध्यक्षमा सुबेदीलाई भित्री रुपमा राख्ने निर्णय नै गरेको भान हुन्थ्यो ।
संग्रौलालाई राप्रपाका सबैजसो नेताहरुले पटक पकट तानेर बाहिर निकाल्न खोजेका थिए भने सोहि क्रममा नाम फिर्ता लिन दबाब पनि दिएका थिए । तर सुबेदीलाई भने कसैले केहि भनेनन् । जसले गर्दा संग्रौलाले अन्तत मञ्चबाटनै दबाब थेग्न नसकेर उमेद्धारी फिर्ता लिए भनेर घोषणा नै गर्न पुगे । उनको यो घोषणासँगै सुबेदी नगर अध्यक्ष बन्न पुगे ।
तर आजको नगर अधिवेशनको झलकले भने राप्रपा दमक विबादले झेलिएको र संगठन आन्तरीक बिबादका कारण झन कम्जोर बन्दै गएको देखिएको छ भने विगतको जस्तै पार्टीको नेतृत्व पंक्तिमा टिके प्रथा कायमै रहेको प्रष्ट देखिएकोे छ । लोकत्रान्त्रिक पार्टीको संज्ञा दिदै आएको राप्रपाको आजको नगर अधिवेशनको दृश्यले पार्टीमा लोकतान्त्रिक पद्धति भने भाषणमा मात्र सिमित रहेको देखिएको छ ।
अधिबेशनले अध्यक्ष छनोट अगाबैै १० वटै वडाले नगर समितिका लागि छनोट गरेका तीन–तीन जना सदस्य घोषणा गर्दै ३० नगर सदस्यको नाम सार्बजनिक गरेको थियो ।
अरुपनि
झापामा एम्बुलेन्स दुर्घटना हुदा चालककाे मृत्यु : सवार एक घाईते
शिवसताक्षी / झापाको दूधेस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान (आज) शिवसताक्षी नगरपालिका ११ दुधे स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै
कार र ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, तीन जना घाइते
भरतपुर / चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा आज अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन गम्भीर घाइते भएका छन् ।
ट्याक्टरकाे ठक्कर बाट बाह्रदशी गाउँपालिकामा श्रीमानको मृत्यु श्रीमती घाईते
झापा / झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारीनजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका – ७ निवासी
दमकमा ट्रिपरकाे ठक्करबाट १ काे मृत्यु ४ घाईते
दमक / झापाको दमककाे चियाबगान स्थित मुख्य राजमार्गमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका
माेरङ्गमा स्कारपियो र मोटरसाइकल दुर्घटना हुदा २ जनाकाे मृत्यु
काठमाडौ / मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिका २ स्थित हरियाली सामुदायिक वन अगाडि पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अनुसार पूर्वबाट