पहिलो पाईलाले गर्यो झण्डेडाँडाको सफाई

दमक। झापाको दमकबाट गएको पहिलो पाईलाको टोलीले इलामको पर्यटकीय क्षेत्र झण्डेडाँडा क्षेत्रको सरसफाई गरेको छ । पहिलो पाईलाका अध्यक्ष दिपक खड्कासहितको टोलीले झण्डेडाँडा प्रबेश गर्ने बाटो तथा डाँडाको सरसफाई गरेको हो ।

पुर्वका बिभिन्न क्षेत्रबाट झण्डेडाँडामा जाने पर्यटकहरुले यत्रतत्र फालेका फोहोरहरु पहिलो पाईलाले सफाई गरेसँगै झण्डेडाँडा क्षेत्र सफा भएको छ । पहिलो पाईलाले झण्डेडाँडाको झण्डा पनि फेरेको छ । उसले त्यहाँ नयाँ झण्डा लगाएको अध्यक्ष दिपक खड्काले बताउनु भयो ।

झण्डेडाँडा क्षेत्रको सरसफाईमा पहिलो पाईलाको उपाध्यक्ष निशा घिमिरे, कोषाध्यक्ष दिवस खतिवडा, सल्लाहकार राजु खड्का लगायतको उपस्थिति रहेको थियो । सो संस्थाले पछिल्लो समय आर्थिक सहयोगदेखि सरसफाइको कार्यलाई पनि शसक्त रुपले अघि बढाउँदै गएको छ ।

Facebook Comments Box

                     

अरुपनि