वडा नम्बर ९ मेयर कप क्रिकेटको फाईनलमा

झापाको झिलझिलेमा जारी तेश्रो शिवसताक्षी मेयर कप क्रिकेट प्रतियोगिताको आज सम्पन्न खेलमा जित निकाल्दै वडा नम्बर ९ प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । उसले वडा नम्बर २ लाई ६ विकेटले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । वडा नम्बर २ ले प्रस्तुत गरेको ६७ रनको लक्ष्य वडा नम्बर ९ ले १५ ओभर २ बलमा पुरा गरेको थियो ।

उसको जितमा शेखर लिङखिमले सर्वाधिक २४ रनको योगदान दिए । उनले ४५ बलको सामना गर्दैै एक चौका र २ छक्का प्रहार गरे । त्यस्तै विजय नेम्बाङ्गले १३ रनको योगदान दिए । वलिङ्गतर्फ रेवत श्रेष्ठले २ तथा शुक्रराज राई र रोशन श्रेष्ठले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले व्याटिङ्ग गरेको वडा नम्बर २ ले खराब प्रदर्शन गर्दै १८ ओभरमा अल आउट हुँदै मात्र ६६ रन जोडेको थियो ।

उसका युवराज राईले सर्वाधिक १४ तथा सरोज खड्काले १३ र सुजन राईले १० रन जोड्न बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । वडा नम्बर २ लाई सस्तैमा समेट्ने क्रममा म्यान अफ दि म्याच दिप्सन मेन्याङ्गबोले ४ ओभरमा १४ रन खर्चिएर सर्वाधिक ४ तथा संदिप थापा र कमल उप्रेतिले दुई दुई विकेट लिए ।

अब वडा नम्बर ९ ले उपाधिका लागि वडा नम्बर ८ सँग प्रतिस्पर्धा गर्ने खेल संयोजक लक्षमण अधिकारीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५० हजारसँगै ट्रफी हात पार्नेछ भने उप–विजेताले नगद ३० हजार प्राप्त गर्नेछ ।

Facebook Comments Box

                     

अरुपनि