दमकमा थप एक सय ४० जनाले लगाए कोरोना विरुद्धको खोप

कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोपमा आज दमकमा थप एक सय ४० जनाले खोप लगाएका छन् । आज एक सय १० पुरुष र ३० महिलाले खोप लगाएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आज खोप लगाउँनेमा बैंक तथा वित्तिय संस्थाका ७२, जनपथ प्रहरी ३४, निजामती कर्मचारी १२, पत्रकार ८, जनप्रतिनिधि ४ जना र अन्य पहिलो चरणमा खोप नलगाएका स्वास्थ्यकर्मीहरु छन् । यसअघि हिजो ७० जनाले खोप लगाएका थिए । भोली पनि खोप लगाइनेछ ।

Facebook Comments Box

                     

अरुपनि