अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीश आफै उपस्थित भए अदालत

काठमाडौं  अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु आज अदालतमा उपस्थित भएका छन् । उनीहरु सोमबार बिहान उपस्थित भएर लिखित जवाफ बुझाएका छन् ।

पूर्वप्रधान्यायाधीशहरु अनुपराज शर्मा, सुशीला कार्की, कल्याण श्रेष्ठ र मिनबहादुर रायमाझीले आफैं सर्बोच्च अदालतमा उपस्थित भएर लिखित जवाफ बुझाएका हुन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

Facebook Comments Box

                     

अरुपनि