प्रचण्ड- नेपाल पक्षले ६ गते टुँडिखेल घेर्ने

काठमाडौं/ प्रचण्ड- नेपाल पक्षको नेकपाले टुँडिखेल घेर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध १५ दिने आन्दोलका कार्यक्रम घोषणा गरेको उसले  ६ गते मानव साङ्लोले टुडिखेल घेर्ने जनाएको छ । पार्टी कार्यालय पेरिस डाँडामा आज पत्रकार सम्मेलनको आयोजना गरेर पार्टीको संघर्ष समितिले प्रतिनिधिसभा विघटनविरुद्ध कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार फागुन ६ गते मानव साङ्लोले टुडिखेल घेर्ने, ७ मा सबै पालिकाका वडास्तरमा विरोध प्रदर्शन, ८ गते काठमाडौंमा बृहत अन्तरक्रिया कार्यक्रम, ९ गते देशव्यापी महिलाको प्रदर्शन, १० गते उपत्यकाका सबै जिल्लामा प्रदर्शन, १२ गते चितवनमा बृहत प्रदर्शन तथा सभा, १४ गते देशव्यापी युवा र्याली, र २१ गते दाङमा प्रदर्शन तथा सभा छन् ।

Facebook Comments Box

                     

अरुपनि