२४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण, ४१४ डिस्चार्ज, ५ को मृत्यु

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा ४४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। २४ घण्टामा काठमाडौं उत्यकामा २४६ जना संक्रमित थपिएका छन्। जसमध्ये भक्तपुरमा १८, ललितपुरमा ३८, काठमाडौं १८९  संक्रमित थपिएका हुन्।

यस्तै मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना संक्रमितको संख्या ४ हजार ४ सय ३४ पुगेको छ। जसमध्ये २ लाख ५९  हजार ७७२ जनाले कोरोना जितेका छन्। बुधबार थप ४१४ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ३७ पुगेको छ। बुधबार मात्रै थप ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ।

मन्त्रालयका अनुसार ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Facebook Comments Box

                     

अरुपनि