हाल सम्मकाे काेराेना बिमा भुक्तानी : बिमा कम्पनी माथि अर्थ न्त्रालयकाे बारम्बार निगरानी

बीमा  समितिले  कोरोना  बीमा गरेकामध्ये बिहीबार सम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ ।

बीमा समितिले सार्वजनिक गरेको  विवरण अनुसार  हाल सम्म  कुल  एक  अर्ब  ५०  करोड ११ लाख ७५ हजार रुपियाँ कोरना बीमा दाबी रकम भुक्तानी भइसकेको छ।

बीमा  दाबी  गर्नेमध्ये  दुई  हजार  ६८६  जनाको  फाइल स्वीकृति  हुने  प्रक्रियामा  रहेको  जनाइएको  छ।  आवश्यक काजपत्र  पूूरा  नभएका  कारण  दुई  हजार  ५३  वटा  फाइल सम्बन्धित  कम्पनीमा  फिर्ता  पठाइएको  छ।  ७६  वटा  फाइल दोहोरो  परेका  कारण  भुक्तानी  दाबी  प्रक्रियाबाट  बाहिरिएका छन् । अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् । अर्थ  मन्त्रालयले  बीमा  दाबी  भुक्तानी  गरेको  विवरण बारम्बार माग गर्न थालेपछि भुक्तानी हुने क्रम बढेको हो। गोरखापत्रबाट साभार

Facebook Comments Box

                     

अरुपनि