मोरङको सुन्दर हरैंचामा फेला परेकाे बम सेना द्वारा डिस्पोज

मोरङ / मोरङको सुन्दरहरैंचा ७ पुर्व–पश्चिम राजमार्गको किनारामा कुकर बम फेलापरेको छ । राजमार्ग छेउमा रहेको बिजुलीको पोल नजिकै उक्त बम फेला परेको हो ।बम भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । रातो तारले कुकरलाई बेरेर राखिएको अवस्थामा फेला परेको हो । बम कसले राखेको हो भन्ने नखुले पनि सोमबार विप्लव माओवादीले आह्वान गरेकोले बम पनि सोही समुहले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम डिष्पोज गरिएकाे जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि