शहिद गंगालाल र माछापुच्छ्रे बैंककाे व्यवसायीक सम्झौता

काठमाडौं / सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कर्मचारीहरुहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धमा माछापुच्छ्रे बैंक र सहिद गंगालाल राष्ट्रिय हृदयराेग केन्द्रकाे व्यवसायिक सम्झौता भएको छ ।

शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणी अधिकारी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेकाहुन् ।

सम्झौता पश्चात शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आवद्ध कर्मचारीहरुलाई बैंकले सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।

साथै बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा कार्यरत कर्मचारीहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि