दमक अस्पतालमा अाज अपरान्ह आगलागि हुदा लाखौंको क्षति

दमक / झापाकाे दमक १ मा रहेको दमक अस्पतालमा आज दिउँसो विधुत सटभई आगलागी हुदाँ लाखौंको क्षति भएको छ ।

दमक अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो ।

अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत सटभएर आगोलागी हुदाँ रु १ करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । २ वजेदेखि लागेको आगोलागीवाट अस्पतालका लागि चाहिने औषधीहरु पूर्ण रुपमा नष्ट भएको अस्पतालका निमीत्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले वताए । क्षतिको विवरण संकलन भईरहेको उनले वताए ।
दमक नगरपालिकाका दुई वटा दमकल, अस्पतालका कर्मचारी,प्रहरी तथा स्थानीयहरुको सहयोगवाट करिब आधा घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय राज पण्डितले वताए ।

Facebook Comments Box

                     

अरुपनि