पत्रकार राई मंसिर ६ गते सम्मानित हुदैं

दमक / झापाकाे शिवससताक्षीमा स्थापना भएकाे सतासी प्रेस क्लबकाे मनहाङ स्मृती पुरस्कार यस बर्ष भने पत्रकार अनिल देव राईले पाउने भएका छन् ।

लामो समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशील राई नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य , प्रेस संगठन झापा जिल्ला सदस्य, शिवसताक्षी नगरपालिकाको पुर्व प्रेस संयोजक साथै हाम्राे सराेकार डट कमका सम्पादक पनि हुन ।

सम्मानित पत्रकार राईलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ दोसल्ला र प्रमाण पत्रद्धारा यहि मंसिर ६ गते सम्मन गर्ने कल्बका उपाध्यक्ष सेलिङ केसीले बताए ।

 

Facebook Comments Box

                     

अरुपनि