जीवन चक्र समाजले गर्याे नयाँ सालमा चालकलाई सम्मान

दमक /झापाकाे दमकमा स्थापित जीवन चक्र समाज नेपालले अाज नयाँ वर्षको अवसरमा शुभकामना अादान प्रदान तथा दुर्घटना न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ ।
जीवन चक्र समाज नेपालले अायाेजना गरेकाे साे कार्यक्रममा ईलाका ट्राफिक कार्यलय दमककाे सहयाेग रहेकाे थियाे ।
गणेश गाैतमकाे अध्यक्षतामा रहेकाे कार्यक्रममा प्रमुख अतिथि दमक वडा नम्बर ९ का वाड सदस्य समिन रिजाल, अतिथि हरुमा मजदुर संघका प्रदेश सहसचिव गान्धी प्रसाद भण्डारी, संघिय समाज बादी फाेरम ट्रेड युनियनका केन्द्रीय सदस्य अनिल लामा, हलुका सवारी दमकका पुर्व अध्यक्ष गाैतम कुमार लामा, हलुका सवारी दमकका सचिव तुलसी प्रसाद दहाल(प्रितम)लगायत पत्रकार गिरिराज भट्टराई , अनिल देब राईकाे उपस्थिती रहेका थिए ।
कार्यक्रम दमककाे बसपार्क बाट सवारी चालकहरुलाई अबिर र फुलका गुच्छाले सम्मान गर्दै नयाँ सालकाे शुभकामना सहित दुर्घटना न्यूनिकरण सम्बन्धि सचेत गराईदै प्रभात फेरि दमककाे ट्याक्सी स्टेनका सवारी चालक तथा ब्यावसायी हरुमा शुभकामना अाधान प्रदान गरिएका थियाे ।

Facebook Comments Box

                     

अरुपनि