दमकका सामाजिक अगुवा दर्पण फार्मेसीका संचालक थापाको निधन

दमक/ झापा दमकका अाैषधी ब्यवसायी तथा सामाजिक ब्याक्तित्व आरबि थापाको अाज निधन भएको छ ।

केहि दिन अघिबाट निमाेनियाका कारण  बिराटनगरमा उपचार रत अारबि थापाकाे स्वास्थ स्थिति जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखि उपचाररत रहेका उनको अाज दिउसाे निधन भएको बताईएको छ ।

थापालाई निमोनिया बिग्रिएर स्वास्थ्यमा समस्या आएपछि बिराटनगर स्थित नोवेल अस्पतालमा उपचारका लागि लगिएको थियो ।

दमक जेसिजको पुर्व अध्यक्ष थापा दमक चोकमा रहेकाे दर्पण फार्मेसी संचालन गर्दै अाएका थिए ।

Facebook Comments Box

                     

अरुपनि