मोरङमा एक जनाको करेन्ट लागेर मृत्यु

मोरङ / मोरङको बिराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनर महानगरपालिका वडा ८ का ४० बर्षीय अशोक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज विहान पौने १२ बजे बुढिगंगा स्थित आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक करेन्टको लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए । भुईमा बझारिएर गम्भिर घाईते भएका चौधरीको नोबेल मेडिकल कलेज बिराटनगरमा उपचारको क्रममा दिउँसो सवाँ ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Facebook Comments Box

                     

अरुपनि