कमलमा जंगली हात्तीको अाक्रमण बाट १ काे मृत्युु

दमक / कमल गाउँपालिका ५ मा जंगली हात्तीको आक्रमणबाट गएराती एक जनाको ज्यान गएको छ ।

गएराती २ बजे बारकोठे जाने सडक अन्तर्गत जंगली हात्तीको अाक्रमण बाट नयाँ बस्तीका ६५ बर्षीय रोहित रेग्मीको ज्यान गएको छ ।

स्थानिय हरी ढकालका अनुसार निदाई रहेकाे बेला हात्तीको बथानले भकारी भत्काउन थालेपछि ज्यान बचाउन भाग्दै गर्दा रेग्मीलाई माउ हात्तीले लखेटेर ज्यान लिएको बताउँछन् ।

उनका अनुसार बस्तीबाट उत्तर चुलाचुली स्थित जङ्गलबाट ३ वटा हात्ती गाउँ प्रवेश गरेका बताएका छन् । कमल खबरबाट साभार

Facebook Comments Box

                     

अरुपनि