अाजकाे तपाईकाे दिन, मंसिर ३० गते साेमबार

वि.सं. २०७६ मंसिर ३०। सोमबार। इ.स.
२०१९ डिसेम्बर १६। शकसंवत् १९४१।
परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु।
ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष।
चतुर्थी, ६:५३ बजेदेखि पञ्चमी, २८:५७
उप्रान्त षष्ठी। नक्षत्र– अश्लेषा, २८:३७
बजेउप्रान्त मघा। योग– ऐन्द्र, ७:०७
बजेदेखि वैधृति, २८:१९ बजेउप्रान्त
विष्कम्भ। करण– वालव, ६:५३ बजेदेखि कौलव,
१७:५७ बजेपछि तैतिल, २८:५७ बजेउप्रान्त
गर। आनन्दादिमा सौम्य योग। चन्द्रराशि–
कर्कट, २८:३७ बजेउप्रान्त सिंह।
काठमाडौंमा सूर्योदय– ६:४९ बजे,
सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी
१ पला। मार्गशीर्ष मसान्त।


मेष– होसियारीसाथ काम लिनुपर्ने समय छ ।
फाइदाका पछि लाग्दा साथीभाइ टाढिन
सक्छन् ।

वृष– नयाँ कामको प्रस्ताव आए पनि हिम्मत
गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट
भोजनमा मन रमाउनेछ।

मिथुन– आज तपाइले सोचेको काम सफलता पूर्वक
सम्पन्न हुने देखिन्छ, साथै अन्नलाभ पनि हुने छ

कर्कट– नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ,
साथै बाध्यतामा अलमलिनुपर्दा चिताएको
काम रोकिन सक्छ ।

सिंह– आज धनलाभको संभावना छ , साथै
टाढाको यात्राको पनि योग रहेको छ, दिन
रमाइलैसंग वित्नेछ ।

कन्या– मसलाजन्य खानाबाट एकदमै सावधान
रहनु होला, रोग निम्त्याउने देखिन्छ, ।

तुला– राम्रो कर्मफल प्राप्त हुनाले मन
प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व
हातलागी हुनेछ।

वृश्चिक– पारिवारिक जमघटमा मन रमाउनेछ।
तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन
सक्छ।

धनु– अवसरको खोजीमा केही दौडधुप
गर्नुपर्ला । काममा लगानीको समय छ । विदेश
भ्रमणका लागि प्रयत्न गर्ने समय छ।

मकर– मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ ।
व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा
विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला ।

कुम्भ– लाभ हुने काम प्रारम्भ गर्ने समय छ ।
गरिएका कामको राम्रै मूल्यांकन हुनेछ।
साझेदारीमा पनि फाइदा हुनेछ।

मीन– अध्ययनमा मन नलागे पनि आत्म–
विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै
बन्नेछन् भने नयाँ काम समेत पाइनेछ।

Facebook Comments Box

                     

अरुपनि