उधौली पर्ब (चासोक तङ्नाम ) झापामा यसरी मनाईदै

शिबसताक्षी / झापाको दुधेमा राष्ट्रिय स्तरका कलकारहरु प्रमोद खरेल, भ्वाइस अफ नेपाल सिजन २ का बिजेता राम लिम्बु, टप ४ बिकस लिम्बु लगायतका कलाकारहरु भोली आउने भएका छन् ।
नेपालीहरुको मौलीक चाड तथा उधौली पर्ब (चासोक तङ्नाम को अवसरमा उपस्थीत दर्शकहरुलाई मनोरञ्जन दिनकालागि राष्ट्रिय कलाकार अउने भएको आयोजकले बताएको छ । आज बाट शुरु भएको चासोक तङनाममा नुवागी पुजा गरेर सुभारम्भ भएको छ । नगर प्रमुख चन्द्रकुमार शेर्माले उद्याटन गरेको कार्यक्रममा बिभिन्न मौलीक खेल तमासा समेत प्रस्तुत गरिएको थियो ।
किराँत याक्थुम चुम्लुङको आयोजनामा भएको कार्यक्रममा आज पहिलो दिन केलाङ प्रतियोगिता सम्पन्न भएको छ । जसअनुसार किराँत याक्थुम चुम्लुङ मेचीनगर प्रथम भएकाे छ भने क्रमश याक्थुम केलाङ बिर्तामाेड र याक्थुम केलाङ समाज गौरादह दोस्रो र तेस्रो भएका छन् । झापा , इलाम मोरङ, शुनसारीका १२ स्थानका केलाङ नृत्य टोली सहभागी भएकोमा ,बिजेताहरुले क्रमश २५ हजार १५ हजार, र १० हजार प्राप्त गरेको कार्यक्रम संयोजक नबिन इजमले जानकरी दिनुभयो । आज र भोली दुई दिन सम्म मनाइने सो पर्बमा लिम्बु समुदायको परम्परागत भेष–भूषा र गर–गहनाको पहिरन सहित पालम, धान नाच ,छेलो ,धनुष काँड लगायतकाे मौलीक खेलहरुहुने जनाइएको छ । त्यसै गरि आजै देखि शुरु भएको चासोक तङ्नाम’ को अवसरमा झापाको शिबसताक्षी वाड नम्बर १ स्थीत धरमपुरमा भएकाे कार्यक्रमको नगरप्रमुख चन्द्रकुमार शेर्माले उद्याटन गर्नु भयो । नुवागी पुजा गरेर शुभारम्भ भएको कार्यक्रम धरमपुरमा भने आज पहिलो दिन छेलो हान्ने प्रतियोगिता भएको थियो भने केलाङ नृत्य बाट उपस्थित दर्शकलाई मनोरञ्जन गराइएको थियो । भोली सम्पन्न हुने कार्यक्रममा धनुष काँड प्रतियोगिता ,साथै बिभिन्न खेलतमसा संगै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम संयोजक जयकुमारी चेम्जोङले बताउनुभयो ।

Facebook Comments Box

                     

अरुपनि