युवाको हत्या गरि खाड्लमा पुर्ने ४ जना सार्वजनिक

चितवन / भरतपुर महानगरपालिका वडा नम्बर -२७ मा २६ बर्षिय युवाको हत्या गरि खाड्लमा पुर्ने ४ जनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । भरतपुर २७ पर्साढापका २७ बर्षिय अविनाश महत्तोको हत्या गरि खाडलमा पुरेको अभियोगमा सोहि स्थानमा ४ जनालाई सार्वजनिक गरेको हो । हत्याको अरोपमा प्रहरीले भरतपुर २७ पुरानो पटेहनीका २६ वर्षीय दिपेन्द्र महत्तो, २७ वर्षीय कुमार महत्तो, २५ वर्षीय बिनोद कुमार महत्तो र २० वर्षीय बिजय महत्तोलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई आईतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनकाले दिएको जानकारी अनुसार गत मंसिर १२ गते राति करिब १० बजेको समयमा महत्तोको हत्या भएको थियो । अफन्त एक युवतीसँग अनौतीक अबस्थामा देखेको भन्दै हत्या गरेको पक्राउ परेकाले स्विकार गरेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । प्रहरीले पक्राउ गरेको पाँचै जनालाई ५ दिनको म्याद थपि गरि अनुसन्धान गरिरहेको छ । हत्या १२ गते भएको भएपनि १३ गते महत्तो हराएको सुचना प्रहरीलाई आएको प्रहरी प्रवक्ता एकनारायण कोईरालाले बताए ।

Facebook Comments Box

                     

अरुपनि