बाह्रघरेमा माेटर साईकल दुर्घटनामा १ महिलाको मृत्यु

दमक,२१ मंसीर / आफ्नै पतिले चलाएको मोटरसाइकलबाट लडेर झापाको कमल गाँउपालिकामा शनिवार विहान एक जना महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गबाट करिब ५ किलोमिटर दक्षिण भित्रि सडक कमल ७ स्थित बाह्घरेमा भएको सो दुर्घटनामा परि झापा, कमल ७ की स्थानीय ५३ बर्षिया ज्ञानदेवी धिमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विजय राज पण्डितका अनुसार बिहान करिब ११ बजे मृतकका पति तुलसीराम धिमालले चलाएको मे ११ प १२२९ नम्बरको मोटरसाइकलबाट पछाडिबाट लडेका उनी सख्त घाईते भएकी थिइन् । दुर्घट्नामा घाईते उनको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रनाउ पण्डितले जानकारी दिए ।

Facebook Comments Box

                     

अरुपनि