वालागुरु षडानन्दकाे १८५ औं जन्म जयन्तिमा दीप प्रज्जवलन

दमक ,मंसिर १५ / वालागुरु षडानन्द अधिकारी प्रतिष्ठान झापाले आज १८५ औं जन्म जयन्ती दमकमा मनाएको छ । पूर्वी नेपालको शिक्षाको ज्योति एवंम् समाज सुधारक वालागुरु षडानन्द अधिकारीको एक कार्यक्रम गरी जन्मजयन्ती मनाएको हो । कार्यक्रममा दीप प्रज्जवलन गर्नुको साथै षडानन्दको ब्यक्तित्व र कृतित्वको बारेमा चर्चा गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रतिष्ठान झापाको अध्यक्ष श्याम कृष्ण लम्सालले उहाँको योगदान अनुकरणीय रहेकोमा जोड् दिनु भएको छ । बि.स. १८९२ मंसिरको शुक्ल पंचमीका दिन भोजपुरको दिङ्गलामा जन्मिएका षडानन्दले नेपालमा जनस्तरवाटै पहिलो बिधालय बि.स. १९३२ मा दिङ्गलामा स्थापना गर्नु भएको थियो ।
कार्यक्रममा सामाजिक अगुवा वालकृष्ण गजमेरले षडानन्द गुरुले सति प्रथाको अन्त्य , दास प्रथा र छुवाछुत विरुद्धको दर्जनौ समाज सुधारको काम गर्नु भएका बताउनु भयो । अर्का सामाजिक अगुवा गंगा ढकालले समाजमा रहेको छुवाछुत र सती प्रथा अन्त गर्न मुख्य भूमिका खेल्ने समाज सुधारक षडानन्दलाई सरकारले राष्ट्रिय विभूति घोषण गर्नु पर्ने बताउनु भयो ।

Facebook Comments Box

                     

अरुपनि